Websoft University

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा शुभकामना आदानप्रदान


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागे कोइरालासहितका जनप्रतिनिधिले कार्यभार सम्हालेको १ वर्ष पूरा भएको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ ।

मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कर्मचारी र महानगरवासीका तर्फबाट एक वर्षको अवधिमा राम्रो सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विराटनगरको विकासका लागि सम्पूर्ण कर्मचारी र महानगरवासीको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

 मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानलाई सफल बनाउन कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले कर्मचारीको सहयोग बिना जनप्रतिनिधिहरुले मात्रै महानगरवासीको विकास र समृद्धिको चाहना पूरा गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले एक वर्षको अवधिमा कर्मचारीहरुसँगको सम्बन्ध अत्यन्तै सुमधुर रहेको सुनाउनुभयो । कार्कीले जनताबाट गुनासो नआउने गरी काम गर्नसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली र सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जनप्रतिनिधिले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा कर्मचारीका तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्यसहित महानगरका कर्मचारीहरुको सहभागिता रहेको थियो । महानगरमा ५ सय ७८ जना कर्मचारी कार्यरत रहेका छन् ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.