Websoft University

खाध स्वच्छता कायम गर्ने जिम्मेवारी स्थानिय सरकारको भए पनि सबै ठाउँमा सरकारको निगरानी नपुग्ने भएको हुदा उपभोक्ताले खबरदारी गर्नु पर्ने


मनकुमार गदाल-दमक, जेठ १० गते | खाध स्वच्छता कायम गर्ने जिम्मेवारी स्थानिय सरकारको भए पनि सबै ठाउँमा सरकारको निगरानी नपुग्ने भएको हुदा उपभोक्ताले खबरदारी गर्नु पर्ने झापाको दमकमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

 दमक नगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखाले आज आयोजना गरेको कार्यक्रमका सहभागीहरुले खाधको विषय मानवीय स्वास्थ्य संग जोडिएको हुदा स्वच्छता कायम गर्न सरकारलाई सरोकारवाला र उपभोक्ताले खबरदारीसंगै सहयोग गर्नु पर्ने बताएका हुन् ।

 नगर पालिकाले आयोजना गरेको एक दिने होटल र रेष्टुरेन्ट सञ्चालकहरुको लागि खाध स्वच्छता सम्वन्धि तालिममा बोल्दै नगर प्रमुख राम थापाले खाध मिसावट गरेर जनताको स्वास्थ्यमा खेलवाड गर्न नहुने बताउनु भयो । जो कोहीले मानिसको स्वास्थ्यमा खेलवाड गरेर कानुन बमोजिम सजाय गर्ने नगर प्रमुख थापाले बताउनु भयो । 

कार्यक्रममा नगर पालिकाको उपप्रमुख तथा अनुगमनको संयोजक रेगिना भटराई प्रसाईले होटल ,रेष्टुरेन्ट मानिसको दोस्रो घर भएको हुदा यहाँ आउने सेवाग्राहीले मिसावट रहित खाध बस्तुको प्रयोग गर्न पाउनु पर्ने बताउनु भयो । यसलाई कार्यन्वयन गर्न सम्वन्ध पक्ष,सर्वसाधारणले सरकारलाई सहयोग गर्न उपप्रमुख भटराईले आग्रह गर्नु भयो ।

खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाध अनुसन्धान अधिकृत शंकर न्यौपानेले आम नागरिक र पर्यटन प्रवद्र्धनका लागि खाध शुद्धता अति नै जरुरी रहेको बताउनु भयो । कार्यक्रममा होटल ब्यवसायी महासंघको केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेले बेसार ,मसला लगायतका बस्तुको मिसावट रोक्न स्थानिय सरकारलाई खबरदारी गर्नु भयो । 

कार्यक्रममा केही समय अघि नगर पालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखाले दमकमा गरेको अनुगमनको बस्तु स्थितिको प्रोजेक्टर मार्फत देखाइ छलफल गरिएको कार्यक्रममा सहभागी इलाका प्रशासन कार्यालय दमकका कर्मचारी सुरेन्द्र दाहालले जानकारी दिनु भयो । खाध अधिकृत लक्ष्मी न्यौपानेले ब्यक्तिगत सरसफाई ,भान्साको सरसफाई , खाध स्वच्छता के हो? ,स्तरीय मूल्याङकन , स्थानिय खाध स्वच्छता समुहको जिम्मेवारी लगायतका विषयमा दमक क्षेत्रका होटल तथा रेष्टुरेन्ट ब्यवसायी वीच छलफल गरिएको थियो । j 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.