Websoft University

बुद्ध जयन्तीका अवसरमा अध्यात्म सम्वन्धी प्रवचन तथा सम्मान कार्यक्रम सम्पन्न


दमक,बैशाख २२ गते | रातो तारा डट कम,मानव धर्म सेवा समिति दमकले बुद्ध जयन्तीका अवसरमा अध्यात्म सम्वन्धी प्रवचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

दमक ७ स्थित मानव धर्म टोलमा रहेको समितिको कार्यालयमा भएको कार्यक्रममा दुईजना ब्यक्तित्वहरुलाई सम्मान तथा धार्मिक प्रवचन गरिएको हो । शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्म जयन्तीको अवसरमा दमकका अग्रज साहित्यकार खेमलाल पोखरेल र राष्ट्र सेवक कर्मचारी दमक नगर पालिकाका इन्जीनियर अनन्त प्रसाद सेनेहाङलाई मानव धमै सेवा समिति दमकले आज सम्मान गरेको छ । 

साहित्यकार पोखरेल र इन्जीनियर सेनेहाङलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाको नगर प्रमुख राम थापाले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भयो । कार्यक्रममा नगर प्रमुख थापाले शिक्षा अभियान नेपालको बक्सामा कापी,कलम बक्सामा खसालेर उद्घाटन गर्नु भयो । 

कार्यक्रमका अतिथि गण,सन्त मन्त,भक्तजन र सर्वसाधारणले पनि कापी कलम सहयोग गर्नु भएको थियो । सो बक्समा खसालिए, खुशीले दान गरेको कापी,कलम पढने क्रममा आर्थिक समस्यामा परेका विपन्न ,जेहेन्दार विधार्थीलाई सहयोग गर्ने समितिको युवा संगठनको क्षेत्रीय अध्यक्ष दिपक खड्काले जानकारी दिनु भयो । सेवा समितिको दमक शाखा प्रमुख मनोरमा बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार न्युरोलोलिष्ट डाक्टर जेपी अग्रवालले प्रवचन दिदै मनमा भएको लोभ अहंकार हटाएर काम गर्नु पर्ने बताउनु   भयो । 

कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य इन्द्र प्रधानले मानव धर्म सेवा समितिले कसैको धर्म परिवर्तन नगर्ने तर उनीहरुको हृदयको परिवर्तन गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले शान्ति दुत बुद्धले देखाएको वाटोलाई सबैले अनुरण गर्नु पर्ने बताउनु भयो । 

कार्यक्रमका बिशिष्ट अतिथि दमक ७का वडा अध्यक्ष भीम पौडेल ,आयोजक संस्थाका सचिव डिल्ली भटराई संस्थाकै युवा विभाग केन्द्रीय संयोजक उत्तम गिरी र मानव धर्म सेवा समिति दमक अध्यक्ष खेमनाथ सिग्देल,सम्मानित स्रष्टा पोखरेल लगायतले बुद्ध दर्शनले देखाएको वाटोलाई आत्मसात गर्दै मानवले मानवलाई मानवीय ब्यवहार गर्नु पर्नेमा जोडदिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.