Websoft University

बुद्धजयन्ती, चण्डीपूर्णिमा र खेल


मोहन कुमार राई - बैशाख २२ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित पोखरी बजारमा हरेक वर्ष लाग्दै आएको  चण्डीपूर्णिमा मेला एवं २५६७ औ बुद्धजयन्तीसगै खेलप्रतियोगिता भव्य रुपमा आजबाट शुरु भएको छ ।

शुक्रवार नवयुग युथ क्लव पोखरीले २५६७ औं बुद्धजयन्ती एवं चण्डिपूर्णिमा मेला अवसर पारेर मेलाको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य विदुरकुमार लिङथेपले गर्नुभएको थियो । मेला उद्घाटन कार्यक्रमको अवसरमा बौद्धधर्मलम्बीहरुको त्रिपिटक सहितको शान्ति यात्रा, विभिन्न जातजातीहरुको झाकीहरुले बजार परिक्रमा गरेका थिए । मेला सँगै यस वेला पोखरी बजारको चहलपहल बढेको छ ।

नवयुग युथ क्लव पोखरी द्धारा आयोजित २५६७ औ बुद्धजयन्ती एव चण्डीपूर्णिमा मेलाको अवसरमा नृत्य प्रतियोगिता, जिल्ला भरीका डबल व्याडमिण्टन प्रतियोगिता र खुल्ला पुरुष भलिवल तथा फ्रिफाइर खेलहरुको आयोजन गर्दै मेलाको उद्धघाटन गरेको क्लवका अध्यक्ष मनोज योन्जनले जानकारी दिनुभयो । लिगकम नकआउट खुल्ला भलिवल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपया र चाँदीको ट्रफी, मेडल तथा प्रमाणपत्रहरु, द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैया पुरस्कार सहित मेडल र प्रमाणपत्र र  सेमिफाइनलिस्ट रु २० हजार रुपैया साथमा मेडल तथा प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

 भलिवल प्रतियोगितामा उत्कृट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था रहेको जनाएको छ । यसै गरी डबल व्याडमिन्टन तर्फ प्रथम पुरस्कार १५ हजार, द्धितीय रु ८ हजार तथा सेमीफाइनलिस्टहरुलाई ४÷४ हजार रुपैया साथमा मेडल, प्रमाणपत्र र पुरस्कारको व्वस्था गरिएको समेत जनाएको छ । नृत्य तर्फ प्रथम पुरस्कार १० हजार, द्वितीय पुरस्कार ५ हजार तथा फ्रिफायर तर्फ प्रथम लाई रु १० हजार, द्वितीय पुरस्कार रु ५ हजार रहेको समेत मेला आयोजकले जनाएको छ । मेलामा प्रदर्शन गरिने झाकीहरुलाई समेत प्रोत्साहित गरिने जनाएको छ । भलिवल प्रतियोगिताको लागि जिल्ला र जिल्ला वाहिरका जम्मा १४ टिम सहभागी हुने समेत सचिव मोहन कुमार खत्रीले जनाएको छ ।  

पोखरी बजार क्षेत्रमा वर्षौदेखि लाग्दै आएको चण्डिपूर्णिमा मेला यो वर्ष आन्तरीक पर्यटन पर्वधन गर्ने उद्देश्यकासाथ अलि फरक किसिमले मेलाको आयोजना गरिएको क्लवका सचिव खत्रीले वताउनुभयो । वैशाख २२ गते देखि २६ गते सम्म सञ्चालन हुने सचिव खत्रीले वताउनुभयो । मेलामा राष्ट्रिय कलाकार एवं स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने मेला आयोजकले जनाएको छ ।

शान्तिका अग्रदुत महामानव गौतमबुद्धको जन्म दिनको अवसरमा वैशाख पूर्णिमाको दिन  पोखरीको साँङ्गछ्योलिङ गुम्बामा लामागुरुहरुबाट प्राथना, पाठपूजा, १०८ दीप प्रज्वलन गरी त्रिपिटक सहित शान्ति ¥याली भएको क्लवका सचिव खत्रीले जानकारी दिनुभयो । चण्डिपूर्णिमा मेलालाई सझनुहुँदै मेलामा पहिला पहिला युवायुवतीहरु वीच दुई दिन सम्म दोहरी भाका गाउने, लिम्बू संस्कृती धान नाच लोप हुँदै गएको  स्थानीय व्पारी दलकुमार तामाङ स्मरण गर्नुहुन्छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.