Websoft University

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमकले आज सरसफाई सगै साथीभाई समुह दमकलाई फूल सहितको गमला,डस्टबिन हस्तान्तरण गरेको छ |


दमक,जेठ ८ गते | सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमकले आज सरसफाई सगै साथीभाई समुह दमकलाई फूल सहितको गमला,डस्टबिन हस्तान्तरण गरेको छ । 

सूर्यदर्शनले आफनो १४ औं स्थापना दिवसको अवसरमा दमकको पूर्व वस पार्क क्षेत्रको सरसफाई र साथीभाई समुहलाई फूल सहितको गमला ,डस्विन हस्तान्तरण गरेको हो । साथीभाई संस्थालाई फूल सहितको ३० थान गमला र ३० थान डस्टविन प्रदान गरेको छ । सूर्य दर्शनले आफनो स्थापना दिवसमा साता ब्यापी विभिन्न कार्यक्रम गर्दै आइरहेको ब्यवस्थापक अरुण भण्डारीले बताउनु भयो । 

संस्थाले आयोजना गरेको शेयर सदस्यहरु बीचको ब्याडमिन्टन प्रतियोगितामा मेची मदिरा ब्यवसायी संघ प्रथम,अटो मोवाइल ब्यवसायी संघ दोस्रो र कपडा ब्यवसायी संघ दमक तेस्रो भएको आयोजक सूर्यदर्शनले जनाएको छ । 

डस्विन वितरण कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाको नगर प्रमुख राम थापाले साथी भाइ समूहलाई वितरण गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख थापा,दमक ६का वडा अध्यक्ष टेक बहादुर थापा, दमक ७ का वडा अध्यक्षभीम पौडेल,साथी भाई समुहका सदस्य कमल कटुवाल लगायतले स्वच्छ र हरियाली शहर राख्न सबैले सरसफाईमा ध्यान दिनु पर्नेमा जोड्दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराज सापकोटाले सूर्यदशनले दमक सहित आसपासका क्षेत्रमा सामाजिक सेवासगै वित्तीय कारोवार गरेर धेरैलाई रोजगार दिएको बताउनु भयो । भविष्यमा पनि सामाजिक कामलाई निरन्तरता दिदै सदस्यलाई वित्तीय सेवा धेरै दिन प्रयास गर्ने अध्यक्ष सापकोटाले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.