Websoft University

नेत्र कुमारी धिमालको झापाको शिवसताक्षीमा रहेको कन्काई माईमा दाहसंस्कार गरियो

 


दमक,जेठ ८ गते | नेकपा एमाले दमक नगर कमिटी सदस्य ,धिमाल समुदायको अगुवा नेत्र कुमारी धिमालको झापाको शिवसताक्षीमा रहेको कन्काई माईमा दाहसंस्कार गरिएको छ । 

एक वर्ष देखि स्नत क्यान्सरवाट थलिएकी युवा नेृत्री ३३ वर्षीया नेत्र कुमारीको पार्थिक शरीर आज धिमाल समुदायको वैदिक विधि अनुसार कन्काई माईमा दाहसंस्कार गरिएको हो । दमक ३ निवासी धिमालको शवमा घरवाट निकाल्नु अघि उनको पार्थिक शरीरमा कोशी प्रदेशका सभासद तथा एमाले नेता नम्वर लाल धिमालले पार्टीको झण्डा ओढाउनु भएको थियो । धिमाल जातीय विकास केन्द्रको कार्यालय उर्लावारीको तर्फवाट संस्थाको झण्डा संस्थाका महासचिव मात्रृका धिमालले ओढाउनु भएको थियो । उहाँ एमाले अध्यक्ष केपीओली दोस्रो पटक प्रधानमन्त्री भएको वेला उहाँको स्वकीय सचिवालयमा रहनु भएको थियो ।

 धिमाल लक्ष्मीवेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमकको उपाध्यक्ष, धिमाल जातीय विकास केन्द्रको केन्द्रीय सचिवालय सदस्य लगायतका सामाजिक संस्थामा आवद्ध रहेकी थिइन । धिमालको श्रीमान र एक छोरी रहेका छन् ।विपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचारको क्रममा हिजो निधन भएको धिमाल अगुवा मोहन धिमालले जानकारी दिनु भयो । 








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.