Websoft University

सुन कोशीमा साता वर्षदेखि बन्दै गरेका पुलको काम रोकेर डिजाईन परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी


श्याम राई, उदयपुर  गाईघाट, १० जेष्ठ| धाप्लाङंस्थीत सुन कोशीमा साता वर्षदेखि बन्दै गरेका पुलको काम रोकेर डिजाईन परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी भएको छ ।

पुल निर्माणमा संङलंङं ठेकेदार कम्पनिको आग्रहमा सडक विभाग पुल सेकटर धरानले बन्दै गरेको पुलको काम रोकेर डिजाईन परिवर्तनको काम अघि बढाएको हो । बेल फाउन्डेशनमा बन्दै गरेको पुल अब पाईल फाउन्डेशनमा बन्ने छ । पाईल फाउन्डेशन प्रविधिको पुल निर्माणको लागि डिजाईन रिभ्युको प्रक्रिया अघि बढाईएको पुल सेकटर धरानका प्रमुख ईन्जिनियर प्रदिप भण्डारीले बताए । ‘ हामीले निर्माण कम्पनीको आग्रहमा डिजाईनको परिवर्तनको काम शुरु गरेका छौ । भण्डारीले भने । २०७६ असार भित्रमा सम्पन्न गरि सक्नु पर्नेगरि २०० मिटर लामो पुलको ठेक्का रसुाव एस एन एस पप्पु जेभिले लिएको पुल सेकटर कार्यालयले जनाएको छ ।

डिजाईन परिवर्तन पछि पुलको ४ वटा बेल फाउण्डेशनको ठाउँमा ४ वटा पाईल फाउन्डेशन बनाउनु पर्ने छ । खोटाङं बराहा पोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुन कोशीमा पक्कि पुल निर्माणको लागि २०७३ सालमा निर्माण कम्पनी सँग सम्झोता भएको थियो । भ्याट बाहेक २२ करोड ५ लाखको लागत रहेको उक्त  पुलको सिलन्यास पूर्व प्रधानमंत्री शेर वहादुर देउलाले गरेका थिए ।

 


 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.