Websoft University

नागरिक समाजका अगुवा कृष्ण पहाडीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच भेटवार्ता


विराटनगर ÷ मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच भेटवार्ता भएको छ ।

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसमेतको उपस्थितिमा भएको छलफलमा पहाडीले सुशासन, वैज्ञानिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा महानगरले जोड दिनुपर्ने सुझाव दिनुभयो । सो अवसरमा उहाँले सीमाकृत वर्ग र जातका मानिसहरुको शिक्षा र स्वास्थ्यमा महानगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सीमाकृत वर्गको पहिचान गर्नुपर्ने बताउनुभयो । पहाडीले महानगरको विकासका लागि सम्बन्धित निकायमा आफूहरुको तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेतव्यक्तगर्नुभयो ।

आजको युग प्रविधिमैन्त्री युग भएकाले सेवा प्रवाहलाई समेत प्रविधिमैत्री बनाउनु आवश्यक रहेको औंल्याउनुभयो । भेटघाटमा मेयर कोइरालाले सुशासन, शिक्षा र स्वास्थ्य उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउनु भएको थियो । उहाँले सीमित बजेटका बाबजुत पनि जनताका चाहना पूरा गर्न महानगर लागिपरेको उल्लेख गर्नुभयो । भेटघाटमा शान्ति समाज मोरङका सभापति प्रा.डा. जीवन ढकाल, सचिव अशोक लामा, अर्जुन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.