Websoft University

मेयर कोइरालाद्वारा नाला र पैनी सरसफाईको निरीक्षण


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्र रहेका नाला र पैनीमा भइरहेको सरसफाईको निरीक्षण गर्नु भएको छ ।

सफाई शाखा प्रमुख पुनमकुमार दाहाल, सरसफाई सुपरभाइजर किरण न्यौपाने, महानगर प्रहरीका प्रमुख राजन पौडेल र सरसफाई साझेदार संस्थाका प्रमुखसहित पुग्नु भएका मेयर कोइरालाले महेन्द्र मोरङ क्याम्पस छेउ, शुक्रबारे हाटसहित च्याङबारी पैनीको निरीक्षण गर्नु भएको थियो । त्यस्तै उहाँले रानी सडक, आइसीपी, वडा नम्बर ६ र ११ स्थित नालाहरुको पनि निरीक्षण गर्नुभयो । वडा नम्बर ६ स्थित नहरको खुल्ला नालालाई १५ दिनभित्र बन्द गर्न योजना महाशाखा प्रमुख अर्जुन थापालाई निर्देशन दिनुभयो ।

साथै मेयर कोइरालाले विभिन्न वडामा जारी नाला सफाईको अवस्थाका विषयमा जानकारी लिनु भएको थियो । उहाँले वर्षा सुरु हुनु अगाडि नै सबै पैनी र नाला सफा गरिसक्न निर्देशनसमेत दिनु भएको थियो । सो अवसरमा सम्बन्धित वडाका वडाध्यक्ष १६ का उद्धव भुजेल र ६ का हरिशचन्द्र सहनीको समेत सहभागिता रहेको थियो । वर्षौंदेखि नाला सफाई नहुँदा वर्षाको पानी सडकमा बस्ने गरेको थियो । जसका कारण सामान्य वर्षा हुँदा महानगरका अधिकांश क्षेत्र डुबान हुने गरेको थियो ।  

पैनी र नाला सफाई गर्दा केही मात्रामा भए पनि डुबान समस्या समाधान हुने मेयर कोइरालाको भनाइ छ । महानगरले गत माघदेखि नै नाला सफाई अभियान जारी राखेको छ । अहिले पनि विभिन्न वडामा नाला र पैनी सफाई जारी रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.