Websoft University

भू–माफियाले वडामा रहेको एैलानी जग्गा कब्जा गरेर संरचना निर्माण थालेपछि टोल सुधार समितिले शुक्रबार मेयर बसन्त बस्नेतलाई ज्ञापन पत्र बुझाउदै भू–माफियालाई तत्काल कारवाहीको माग गरे


श्याम राई, उदयपुर गाईघाट,  जेठ १२ गते | त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटस्थीत ६ वटा टोल सुधार समितिले वडाको एैलानी जग्गा संरक्षणगरि सरकारी भौतिक संरचना निर्माण गर्न आग्रह गरेका छन् । केही भू–माफियाले वडामा रहेको एैलानी जग्गा कब्जा गरेर संरचना निर्माण थालेपछि टोल सुधार समितिले शुक्रबार मेयर बसन्त बस्नेतलाई ज्ञापन पत्र बुझाउदै  भू–माफियालाई तत्काल कारवाहीको माग गरेकाछन् ।


वडा सदस्य लक्ष्मि चौधरीको नेतृत्वमा आएको स्थानीय बासिन्दा र टोल विकासका प्रतिनिधिहरुले सरकारी जग्गा तत्काल संरक्षण गर्न मेयर बस्नेतलाई आग्रह गरेपछि उनले कसैलाई पनि सरकारी जग्गा कब्जा गरेर भौतिक संरचना निर्माण गर्न नदिईने प्रतिबद्धता जनाए ।

उनले सरकारको निर्देशन अनुसार सुकुम्बासी र अब्यबस्थित  बसोबासको लागि भने नगरपालिकाले आबश्यक बेवस्था मिलाउने तयारी गरिरहेको बताए । वडाको त्रिवेनि टोलमा रहेको ९ कठ्ठा १५ धुर जग्गामा अस्थायी रुपमा बसोबास गर्दै आईरहेका र सो जग्गा बारेमा मुद्दा परि जिल्ला हुदै उच्च अदालतबाट समेत सरकारी जग्गा भनि फैसला गरेकोले त्याहा निर्माण गरिएको बस्ति तत्काल हटाउन उनीहरुले माग राखेका छन् ।

प्रमुख बस्नेतले सो जग्गामा वडा भवन लगायतका सरकारी संरचना निर्माण गरिने र त्येसको लागि आवश्यक बजेटको बेब्यवस्था गरि सकेको बताए । वडा सदस्य चौधरीले उक्त सरकारी जग्गा कायम गराउन अदालती प्रक्रियामा जानु परेको बताए । उच्च अदालतको फैसलापछि नगरपालिकाले बुधबार सो जग्गामा बनेको ३ वटा भवन डोजर लगाएर भत्काएको छ ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.