Websoft University

प्रेस चौतारी मोरङको बार्षिक साधारणसभा सम्पन्न


बिराटनगर  २०८० जेष्ठ ११ गते | रातो तारा डट कम,प्रेस चौतारी मोरङको बार्षिक साधारणसभामा ८ बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न | धनकुटाका रमेश चन्द्र अधिकारी लाइ सालिग्रम मन्जु दाहल २१ हजार रासीको पत्रकारिता पुरस्कार प्रमाणपत्र सहितले सम्मान गरिएको थियो |

यो साधारणसभा निश्पक्ष रूपमा नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण  र सदस्यता वितरण गर्न माग राख्दछ, पत्रकार महासंघमा सदस्यता प्राप्तिलाई सहजीकरण  र सुदृढीकरणकालागि प्रतिवद्वता ब्यक्त गर्दछ ।

 यो साधारणसभा श्रमजीवी पत्रकारहरूको पेशागत, ब्यवसायिक सुरक्षा र संरक्षण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

 साधारणसभा स्वरोजगार मिडियाहरूको संरक्षण सम्बर्द्धनमा लाग्न सरकारसँग माग गर्दछ ।

 यो साधारणसभा प्रदेशको नामाकरण गरि कोशी प्रदेश बनाउन सफल भएकोमा प्रदेश सरकारको नेतृत्व गर्नु भएका माननीय हिक्मत कुमार कार्की सहित प्रदेश सरकार र प्रदेश सभा प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै कोशी नामनकरणको हार्दिक स्वागत गर्दछ  । 

 यो साधारणसभा आगामी  पत्रकार महासंघको अधिवेशनहरूलाई लक्षित गरि आजैदेखि अभियान तिब्र बनाउने प्रतिबद्धता ब्यक्त गर्दछ । 

 पत्रकार उत्पादन र क्षमता विकास र कोशी प्रदेशमा पत्रकारको दस्ताबेजिकरण गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ । 

 यस साधारणसभा प्रेस चौतारीका सदस्यलाई सक्रिय बनाउने अभियान चलाउने प्रतिवद्वता जनाउँदछ, निष्क्रिय सदस्यको हकमा संगठन सुद्धिकरण गर्ने अभियानमा दृढता ब्यक्त गर्दछ ।

 आगामी आर्थिक बर्ष २०८०र०८१ को बजेट, नीति तथा कार्यक्रम संचारमैत्री बनाउन तीन तहको सरकारलाई आब्हान गर्दछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.