Websoft University

महानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण


विराटनगर जेठ ११ गते | विराटनगर महानगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गरेको छ ।

धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो । महानगरपालिकाका मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले किसानलाई धानको बिउ प्रदान गर्नु भएको थियो ।

महानगरले विराटनगर ४, ५, ६, १४, १६, १८ र १९ नम्बर वडाका ५२५ जना किसानलाई १६ हजार १ सय ६९ केजी बिउ वितरण गरेको छ । सो बिउले ४०३ बिघा क्षेत्रफललाई पुग्नेछ । वितरण गरिएको बिउबाट २८ हजा २४५ मेट्रिक टन धान उत्पादन हुने महानगरको कृषि शाखाले जनाएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.