Websoft University

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिए आन्दोलन’


काठमाडौं जेठ ८ गते । रातो तारा डट कम,(सम्बाद डबलि) नक्कली भुटानी शरणार्थीमा संलग्नलाई कसैको दवावमा उन्मुक्ति दिइए आन्दोलन गर्ने चेतावनी एक कार्यक्रमका वक्ताहरुले दिएका छन् ।
 


आइतबार काठमाडौँस्थित संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले नागरिकलाई अनागरिक बनाउँदै तेस्रो देश पठाउनु राज्यविरुद्धको अपराध भएको बताउँदै दोषीहरुलाई कडा कारबाही हुनुपर्ने बताए । उनले मानव तस्करीमा संलग्नलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद समेत दिए । 

“यो मानव तस्करी हो, राज्यविरुद्धको अपराधमा संलग्नलाई कारवाहीको दायरमा ल्याउन सरकारले थालेको कार्य सकारात्मक छ, यसको लागि प्रधानमन्त्रीलाई धन्यवाद । तर, कसैको दवावमा उन्मुक्ति दिने काम भए कडा आन्दोलन गर्छौ” प्रवक्ता बास्तोलाले भने । अहिलेको व्यवस्था दलालहरुको भएकोले यस्ता मानव तस्करको संरक्षण गर्न सक्ने भन्दै कारवाहीको लागि दवाव सिर्जना गर्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सिपी गजुरेलले भ्रष्टाचार र मानव तस्करीका कारण बुद्ध र सगरमाथाको देशको सम्मान अन्तर्राष्ट्रिय जगतमा नेपालीहरुले गुमाउनु परेको बताए । उनले भ्रष्टाचारको सम्बन्ध मानव तस्करसँग रहेको भन्दै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए । गजुरेलले प्रकरणमा संग्लग्न अपराधीलाई उन्मुक्ति दिन खोजे सरकारबिरुद्ध देशैभर आन्दोलनको आँधीबेहरी उठ्ने र त्यसको नेतृत्व आफुहरुले गर्ने दाबी समेत गरे ।

संसदीय व्यवस्थाको भ्रष्टीकरण र असफलताबाट प्रतिगामी पुनरुत्थानवादीहरु समेत अहिले हौसिरहेको र जनतालाई भ्रमित तुल्याइरहेको बताउदै गजुरेलले गजुरेलले जनताको चाहना अनुसार नै भ्रष्टाचार विरुद्ध देशव्यापी संघर्षको घोषणा गरी संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको दिशामा आन्दोलनलाई लैजाने अभिभारा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको काँधमा आएको पनि बताएका छन् । यस्तै गजुरेलले क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएकोले छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न आव्हान गरेका छन्। 

नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले नेपालमा भ्रष्टाचारको जालो निकै वडास्तरसम्म फैलिएको र अन्तर्राष्ट्रिय जगतमा समेत बद्नाम बन्न पुगेकोले यही व्यवस्थालाई कायम राखेर भ्रष्टाचारको अन्त्य नहुने भन्दै यो संसदीय व्यवस्थालाई फालेर मुलुकमा समाजवादी व्यवस्था स्थापित भएपछि मात्रै भ्रष्टाचारको अन्त्य हुने दावी गरे । 

त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् तथा पुर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले शरणार्थी प्रकरणमा संलग्न अपराधीहरुलाई जोगाउने खेल भइरहेको तर्फ इङिगत गर्दै दुईवटा पासपोर्ट लिएका रवि लामिछानेलाई सरकारले क्याविनेट निर्णयबाटै उन्मुक्ति दिएजस्तै यस प्ररणमा पनि संलग्न मुख्य अपराधी, तस्करहरुलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको दावी गरे । क्षेत्रीले घटना क्रमले यही संसदीय व्यवस्थाभित्र जनताको अवस्था बदलिने नदेखिएकोले अब अग्रगामी परिवर्तनतर्फ देशलाई लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्षको घाषणा गरेको छ । जेठ ५ मा बसेको सो पार्टीको कार्यालयको बैठकले जेठ ७ देखि १७ सम्म भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको आयोजित अन्तरक्रिया कार्यक्रममा नेताहरुले जानकारी समेत दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.