Websoft University

सामाजिक सुरक्षाले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्छ ः कोइराला


विराटनगर | नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।

सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै नै मजदुर आबद्ध भएकाले उनीहरुको पनि सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिनुभयो । कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । “संविधानमा हामीले आठवटा क्लष्टरलाई समेटेका छौं,” उहाँले भन्नुभयो, “श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ । तपाईंहरुको सहयोग भएमा आगामी दिनमा पक्कै समेटिनेछ ।”

त्यस्तै कोइरालाले भुटानी शरणार्थी प्रकरणमा राज्यले नै लागेको घटनाले सबै नेपालीको शिर निहुरिएको बताउनुभयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीहरुको हक अधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताउनुभयो । कार्यक्रममा सुनसरी कांग्रेसका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.