Websoft University

चिठ्ठा परेको नाममा सर्व साधरणबाट लाँखौ रुपैया ठगि गरेको अभियोगमा पक्राउ


श्याम राई÷उदयपुर  गाईघाट, ३१ बैशाख | चिठ्ठा परेको नाममा सर्व साधरणबाट लाँखौ रुपैया ठगि गरेको अभियोगमा पक्राउ परेका ३ जनालाई आईतबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गर्दै ठगिमा संङ्लङ्गन उनीहरुलाई सार्वजनिक गरेको हो । चिठ्ठा परेको भन्दै सर्ब साधरणबाट २२ लाँख रुपैया कर बुझाउन भन्दै गैर कानूनी रुपमा पैसा उठाउने उदयपुरको कटारी नगरपालिका–३ का उज्वल थापामगर, चितवन रत्न नगरपालिका–२ का सुशिल श्रेष्ठ र कटारी नगरपालिका–३ का विसाल थापामगरलाई पक्राऊपछि सार्वजनिक गरेको हो ।

पक्राउ परेका उनीहरुलाई काठमाडौंबाट पक्राऊ गरिएको र ठगि सम्बन्धि मुद्दा चलाईएको एसपी ज्ञानेन्द्र फूयालले बताए । अभियुक्तहरुले खोटाङंको खोटेहाङं गाँउपालिका–२ घर भै त्रियुगा नगरपालिका–२ बस्ने उदय राईलाई २५ लाख भारतीय रुपैयाको चिठ्ठा परेको र कर बुझाउन भन्दै नक्कली कागज देखाएर ३० हजार रुपैया ठगि गरेको प्रहरीले जनाएको छ । त्येसैगरि उनीहरुले अरुहरु सँग पनि ठगि गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले विभिन्न व्यक्तिबाट दुई महिनाको अवधिमा २२ लाख २० हजार रुपैया असुलेको जाहेरी परेको एसपी फूयालले बताए ।

ठगि गर्ने गिरोहले भारतीय नागरीक आकाश वर्माको नामको ह्वटस एप ( ध्जबतक ब्उउ ) नम्बरबाट चिठ्ठा परेको जानकारी गराउँदै नक्कली कागज देखाउदै २० हजार देखि १ लाँख रुपैया सम्म आफ्नो बैंक खातामा हाल्न लगाएको फ्यालले बताए ।

ठगी गर्नु अघि उनीहरुले आफ्नो मान्छे मार्फत गरीब र सोझो सिधा व्यक्तिको नाम संकलनगरि उनीहरुलाई फसाउने गरेको उनले बताए । पिडितहरुले लामो समय सम्म पैसा नपाएपछि प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले लामो अनुसन्धानपछि उनीहरुलाई पक्राऊ गर्न सफल भएको जनाएको छ । पक्राऊ परेका उनीहरु ठगिमा सामान्य भूमिकामा रहेको देखिएको भए  पनि मुख्य अधियुक्त पक्राऊ पर्न बाकी रहेको एसपी फ्यालले बताए ।

पक्राऊ परेका उनीहरुलाई मूलुकी अपराध सहिन्ता २०७४ को परिच्छेद २१ अन्तर्गत गठि तथा अपराधिक लाभ कसुरमा मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।

 

 

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.