Websoft University

ढकाल समाजको आयोजनामा कोटेश्वरमा रक्तदान सम्पन्न


काठमाडौं  | “रक्तदान जिवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यान” भन्ने नाराका साथ कोटेश्वर (पन्चप्रबर ) ढकाल समाजले कान्तिपुर अस्पताल तीनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको   छ ।

शनिबार काठमाण्डौको कोटेश्वरस्थित महादेवस्थान मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा  ५० जनाले  रक्तदान गरेका छन् । एकातिर कोरोनाको त्रास, अर्कोतिर बढ्दो गर्मीसँगै बिरामीको अस्पतालहरुमा चाप बढेपछि रक्तसंचार केन्द्रमा रगतको अभाव भएकोले रगतको अभावमा पनि व्यक्तिको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको कोटेश्वर ढकाल समाजका दीक्षित कुमार ढकालले बताउनु भयो साथै उनले यस्ता सेवामूलक कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रममा कोटेश्वर ढकाल समाज सक्रिय भ्येव्रा लाग्ने जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.