Websoft University

लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ


मोरङ, बैशाख ५ गते । रातो तारा डट कम,
मोरङको उर्लाबारी नगरपालिका-३ केर्खाली चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको घरबाट २१ ग्राम ब्राउन सुगर फेला पारे सगै बेचबिखानमा संलग्न धिमाल, २२ बर्षीय आलोक धिमाल  र भक्तपुर चाँगुनारायण नगरपालिका-१ का २८ बर्षीय उपेन्द्र खड्का समेतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.