Websoft University

आदर्शका शिक्षकलाई क्षमता विकास तालिम


विराटनगर | विराटनगरस्थित आदर्श माविले शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ ।

चार दिनसम्म सञ्चालन हुने तालिममा पाठ्यक्रमको प्रविधिकरण, शिक्षकहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण, मूल्यांकनका विधि तथा तौरतरिका,शैक्षिक सामग्री संकलन र प्रयोग गर्ने विधिलगायतका विषयमा जानकारी गराइनेछ ।

उनीहरुलाई समूहमा विभाजन गरेर प्रशिक्षण दिइने विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । कक्षा १ देखि १० सम्म शिक्षण सिकाईमा संलग्न रहँदै आएका ६२ जना शिक्षकलाई तालिम दिइने पोखरेलले   बताए ।  

नेपाली र अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा नयाँ भर्नाका लागिसमेत अत्यधिक चाप हुने गरेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.