Websoft University

अरनिको कलेजले ८ सय ५० विद्यार्थीलाई गर्यो विदाई


विराटनगर÷  विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाई शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

 कलेजमा अध्यनरत करिव ८ सय ५० जना विज्ञान, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका २२ औं ब्याचको विद्यार्थीहरुलाई विद्यार्थीको ग्रुप फोटोसहितको मायाको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।  

कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान र उच्चमावि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरेको छ । सोही कार्यक्रममा आन्तरिक खेलकुदमा उत्कुष्ट हुने विद्यार्थीलाई समेत ट्रफिसहित सम्मान गरिएको थियो ।

 कार्यक्रममा कलेजका प्रार्चय राजेश कार्की, सस्थापक उमेन्द्र विलास लुइटेल कार्यक्रम संयोजक विकाश खनाल र शिक्षक विजय दंगाल र अरुण कोइरालालगायत  शुभकामना दिएर विदाई  गरेको थिए । त्यस्तै कलेजका विद्यार्थी उन्नती पौडेल र निरज रेग्मीले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले उपस्थीत अतिथि, अभिभावक, शिक्षक तथा विदाई हुने विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.