Websoft University

दमक नगर इसाई समाजले सरसफाई कार्यक्रम सम्पन्न

 


दमक, चैत २६ गते | दमक नगर इसाई समाजले आज झापाको दमकमा सरसफाई कार्यक्रम गरेको छ । 

इसाई धर्मका भगवान येशुको पुनरुत्थान दिवसको अवसरमा दमक नगर इसाई समाजले सरसफाई कार्यक्रम गरेको हो । 

झापाको क्षेत्र न.५ख का प्रदेश साँसद होम बहादुर थापाले इसाई समाजका नगर अध्यक्ष आकाश थुलुङलाई झाडु हस्तान्तरण गरेर सरसफाई कार्यक्रमको शुरु भएको थियो । झाडु हस्तान्तरण गर्नु भन्दा अघि बोल्दै साँसद थापाले नगर भित्र भएको फोहोर मैला सबै मिलेर सफा गर्नु पर्ने बताउनु भयो । सरसफाई एक जाती समुदाय र एक धार्मिक संस्थाको नभएर सबैको साझा विषय भएको बताउनु भयो । सरसफाई टोलीसंगै साँसद थापा केही समय झाडु लिएर चिया वगान क्षेत्रमा सरसफाई गर्नु भएको थियो । 

ग्रीन वे एजुकेशन एकाडेमी र नेक्ट एरा इनर्जी प्रालि दमकको सहयोगमा भएको सरसफाई कार्यक्रम दमक ४ स्थित हिमालय महालक्ष्मी चिया वगानको गेट अगाडीबाट शुरु भएको आयोजक इसाई समाज दमक सचिव अजय पाठक कुमालले जानकारी दिनु भयो ।

 चिया वगान गेट अगाडीवाट पूर्व पश्चिम राजमार्गको दायाँ वायाँ इसाई धर्मालम्वीहरुले झाडु लगाउदै मावा पुल सम्म सरसफाई गरेको अध्यक्ष थुलुङले बताउनु भयो । दमक भित्रका ३५ चर्चका इसाई धर्मालम्वीहरु सहभागी भएर गरेको सरसफाई कार्यक्रमको औचित्यको वारेमा नगर इसाई समाजको सल्लाहकार,हार्वेष्ट सामुदायिक नेपालका अध्यक्ष राजकुमार राईले बोल्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.