Websoft University

मिल्स क्रिकेट प्रतियोगिता-घरेलु टिम मिल्स र नरपथगन्ज क्लब विजयी


विराटनगर  चैत २१ गते | रातो तारा डट कम,दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ ।  

पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो । 

विराटनगर जुट मिलको खेलमैदानमा मंगलबारको पहिलो खेलमा दिल्लीले दिएको १३१ रनको विजय लक्ष्य पछ्याएको घरेलु टिम मिल्सले ११ ओभर २ बलमा ५ विकेट गुमाई पूरा गर्यो ।  मिल्सका पवन सरापले २६ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । सुनिल धमालले ३३ रन बनाए । सुनिल महर्जनले १९ रनको योगदान गरे ।

दिल्लीका अंकित रोय, रोहित त्रिपाटीले समान २–२ विकेट लिए भने बिवेक पालले १ विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले १८ ओभर ४ बलमा १० विकेट गुमाइ १३० रन बनाएको थियो । दिल्लीका यबुदिप यादवले ३८ रन बनाए  । मोहित पाण्डले २५ रन र अभिरुप गुप्ताले १६ रन बनाए । 

बलिङमा मिल्सका मन्जित श्रेष्ठले ३ ओभर ४ बलमा सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । अरुण एरिले २ विकेट र  पवन सरापले १ विकेट लिए । 

सोही दिन भएको दोस्रो खेलमा बैशालु क्रिकेट क्लब पटनालाई २२७ रनको फराकिलो अन्तरले हराउँदै  नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भइ सेमिफाइनलमा पुगेको छ । 

नपथगन्ज क्रिकेट क्बलले दिएको ३१७ रनको विशाल लक्ष्य पछ्याएको बैशालुले १४।२ ओभरमा १० विकेट गुमाइ ८९ रनमा समित भयो । वैशालुका शिवम शर्माले २२ रन बनाए । महिन यादवले १७ रन र  अरोज आलमले ११ रनको योगदान दिए ।

पटनाका अभिषेक पाठक, दिव्य सिंह र साहिल कुमारले समान २–२ विकेट लिए । 

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नरपथगन्ज क्रिकेट क्लब बिहारले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१६ रनको विशाल योगफल खडा गरेका थिए । बिहारका अभिषेक पाठकले २२ बलमा ८२ रनको अर्धशतकीय ईनिङ खेले । भानु आन्नदले २८बलमा ५९ रन बनाए । साहिल कुमारले २३ बलमा ५७ रन बनाउँदै अविजित रहे । 

बलिङमा बैशालुका फुर्सिद अनुहरले ४ विकेट लिए । मुस्कान आलम र गोनु मण्डलले समान  १–१ विकेट लिए । म्यान अफ द म्याच पटनाका अभिषेक पाठक घोषित भए । 

बुधबारको पहिलो खेल मिल्स क्रिकेट क्लब  र ओसिस क्रिकेट क्लब काठमाण्डौ बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल एनबीएससी क्रिकेट क्बल विराटनगर र लयर वाइआरसिसी क्रिकेट क्लब विराटनगरबीच हुने मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.