Websoft University

तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न मेयर कोइरालाको आग्रह


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् ।

विराटनगर–८ स्थित हलेसी महिला सशक्तिकरण सेवा केन्द्रले आयोजना गरेको उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिम लिइसकेपछि धेरैजसोमा बिर्सिने संस्कार रहेको गुनासो गरे । “कतिपय तालिमहरु तालिममै सीमित हुने गरेको छ,” मेयर कोइरालाले भने, “तालिममा सिक्नु ठूलो कुरा होइन सिकेको सीपलाई व्यवहारमा लागू गर्नु चाहिं ठूलो कुरा हो ।” मेयर कोइरालाले महानगरले रोजगारमूलक तालिमलाई बढी जोड दिएको सुनाए । उद्घोषण तालिम पनि व्यक्तिका लागि महत्वपूर्ण हुने उनको भनाइ थियो । हरेक कार्यक्रम गर्दा उद्घोषकको भूमिका महत्वपूर्ण हुने उनले बताए । उनले तालिममा सिकेका सीपलाई सैद्धान्तिकभन्दा प्रयोगमै उतार्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरु भएको  तालिम मंगलबार सम्पन्न भएको छ । तालिममा सहभागीहरुलाई मेयर कोइरालाले प्रमाणपत्रसमेत प्रदान गरे । पत्रकार धीरज दाहालले सहजीकरण गरेको तालिममा वडा नम्बर ८ का २० हजा महिलाको सहभागिता रहेको आयोजक संस्थाकी अध्यक्ष सीता बरालले जानकारी दिइन् । तालिममा सहभागीहरुले अब जस्तोसुकै कार्यक्रममा पनि बोल्न सक्ने भएको अनुभव सुनाएका थिए ।

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.