Websoft University

बर्तालुहरुलाइ इफ्तर भोज को आयोजना गरियो


 बिराटनगर | जेसीजद्वारा मुस्लिम धर्मावलम्बीको पबित्र चाड  रमदानको अवसर पारेर हरेक दिन बर्त बस्ने

बर्तालुहरुलाइ इफ्तर भोज को आयोजना गरिएको छ । रमदान लाई पबित्र महिनाका रुपमा समेत लिने गरिएको छ ।यो महिनाभर मुस्लिम धर्मावलम्बीले बिहान देखि  सुर्य नअस्ताउन्जेल सम्म भोजन गर्दैन्न । जसलाइ रोजा भनिन्छ । सुर्य  अस्ताए पछि पबित्र भएर मात्र भोजन गर्ने गरिन्छ र मुस्लिम समुदायका विभिन्न ब्यक्तिहरुले धर्म कमाउनका लागि इफ्तार आयोजना गर्ने गर्दछन । 


बिराटनगर जेसीजको सभा हलमा सम्पन्न कार्यक्रममा मुस्लिम समुदायका अगुवा युवाहरुको सहभागीता रहेको थियो । 

बिराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार नेपाल बहु सास्कृतिक मुलुक भएका कारण सबै धर्मलाई समान ढङ्गले हेरिने गरिएको र धार्मिक सहिष्णुता कायम राख्न पनि एक धर्म र अर्को धर्मका बिच आपसी भाइचाराको बिकास हुनु पर्ने र आफुले सोही अनुरुप सबैलाई समेट्दै यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 

बिराटनगर जेसीजका पुर्व अध्यक्ष गोपाल गुप्ताले समुदाय जोड्ने कडिका रुपमा जेसीजद्वारा आयोजना गरिएको कार्यक्रम प्रशंसा योग्य रहेको बताउनु भयो । 

मुस्लिम समुदायका अगुवा तथा युवा राजनितिज्ञ वसिम आलमले यस किसिमको भिन्न समुदायका युवाहरुका लागि अन्य धर्मावलम्बीले इफ्तर आयोजना गरेको आफुले थाह नपाएको र जेसीजले यस किसिमको कार्यक्रम आयोजना गरेर आपसी सद्भाव र भाइचारा बढाउन गरेको योग्दानको आफुहरुले उच्च कदर गर्ने बताउनु भयो । 

कार्यक्रममा सामाजिक अभियानता चाँदबाबू इराकी , युवा नेता मुसरफ खान लगायत मुस्लिम समुदायका युवाहरुको उल्लेख सहभागिता रहेको थियो भने , बिराटनगर जेसीजका पुर्व अध्यक्ष ,  बोर्ड तथा पदाधिकारी , सद्स्य , जुनियर जेसीज लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमका कार्यक्रम सयोजक अभिषेक गौतमले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.