Websoft University

मानवसेवा आश्रमलाई रकम प्रदान


बिराटनगर बैशाख ६, गते | विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर(२ लाई सोह्र हजार दुई सय नगद रकम प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई हस्तारण गरेकी हुन् ।

सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण भट्टराई, भूषण कोइराला, सरिता रेग्मी, सलिना कोइरालाको समेत उपस्थिति थियो ।

सो अवसरमा तीन वर्ष अघि स्थापित सो आश्रमलाई स्थानीयको सहयोग र मायाले नै यो अवस्थामा आइपुगेको संयोजक थापाले बताइन् । परिषदकी सदस्य सरिता रेग्मीले मानव सेवा आश्रमलाई रकम प्रदान गर्दा सही काम गरेको अनुभूति भइ आफूलाई भित्रैबाट आनन्द मिल्ने गरेको बताइन् ।

सो आश्रममा हाल ९० जना आश्रित छन् । सडकमा परित्यक्त र वेसहरा जीवन विताइ रहेकाहरुलाई उद्धार गरी आश्रमले उपचार गर्नका साथै उनीहरुको परिवारको खोज गरी पुनर्मिलन गराउँदै आएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.