Websoft University

बहस प्रतियोगीता सम्पन्न


बिराटनगर चैत ८ गते | रातो तारा डट कम, बिराटनगर १४ स्थित एस्पायार कलेजमा अनलाइन ब्यबसाय र अफलाइन ब्यबसाय बिचमा कुन राम्रो भन्ने बिषयमा बहस  प्रतियोगीता सम्पन्न भएको छ । 

बेलायती संसदिय अभ्यास प्रणाली अनुसार संचालन भएको बहस प्रतियोगितामा बिद्यार्थीहरुले भाग लिएका थिए । बिद्यार्थीहरुलाई कलेजका तर्फ बाट एक दिनको प्रशिक्षण पश्चात् बहसमा सहभागि गराइएको कलेजका होटल म्यानेजमेन्ट संकायका कोअर्डिनेटर शुभम भट्टराईले जानकारी दिनु भयो । 

बिद्यार्थीहरुले अनलाइन र अफलाइन ब्यबसायका फाइदा बेफाइदा राम्रो पक्ष नराम्रो पक्ष लगायतका बिषयमा अत्यन्तै उत्कृष्ट ढङ्गबाट बहस गरेका थिए । 

उक्त बहस प्रतियोगितामा प्रथम लिया खवास , द्वितीय  समीर लावती , तृतीय मिरा परियार हुन सफल भएका थिए । 

लामो समय देखि शिक्षण कार्यमा लाग्नु भएका तुलसी दुलाल मुख्य निर्णायक र कलेजमा अध्यापनरत शिक्षिका निशु सुवेदी निर्णायक रहेको निर्णायक मण्डलले बिद्यार्थीहरुले गरेको बहसलाई मुल्यांकन गर्दै प्रथम द्वितीय र तृतीय घोषणा गरिएको थियो । 

कलेजका प्रमुख चिन्तामणी बस्नेतका अनुसार शिक्षण सिकाइका अतिरिक्त यस्ता कृयाकलापले बिद्यार्थीहरुको चौतर्फी बिकास हुने र कलेजले समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.