Websoft University

अवैध सामान बरामद


झापा, फागुन २८ गते । झापाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय खजुरगाछी, इलाका प्रहरी कार्यालय केचना र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको खाधान्नका सामग्रीहरुका साथै १२५ जोर  फुटबल बुट समेत गरी करिव २ लाख २६ हजार रुपैया बराबरको सामान तथा सामान ओसार पसार गर्न प्रयोग गरेको  मे. ५ प ६४३२  र BR 37 G 2773 नम्वरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको सामान तथा मोटरसाईकल समेत आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.