Websoft University

‘गल्र्स अन ब्हील’ प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीे पथम


विराटनगर ।  अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ ।

विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पनन भएको  प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीले पथम भएका छन् । उनीहरुले लर्ड कम्पनीको एसि पाएका थिए । त्यस्तै  मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् ।  उनीहरुले पनि लर्ड कम्पनीको वासिङमेसिन पाएका छन् भने रिचा कनोडिया र डली अग्रवालको जोडी तस्रो स्थानमा चित्त बुझाएका छन् । उनीहरुको जोडीले पनि हैवल्स कम्पनीको मिब्सर ग्रीनडर पाएका छन् ।

विजेताहरुलाई राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष राहुल अग्रवाल विराटनगर प्राइम राउण्ड टेवल नेपालका पूर्व अध्यक्षहरु अमित सारडा र विनय अग्रवाल र विराटनगर प्राइम राउण्ड टेवल नेपालका अध्यक्ष राघव राठी , सम्योजक  लोकेश अग्रवाल, सह–संयोजक निशान्त अग्रवाल र योगेश  राठीले पुरस्कार तथा प्रमाणपत्र वितरण   गरे ।

प्रतियोगितामा मा १ सय वटा स्कूटीमा २ सय सहभागि रहेका थिए । स्कूटी चलाउँने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागि भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको अध्यक्ष राठीले बताए ।

एक स्कूटीमा २ जना महिला सवार भएका थिए ।  विराटनगरमा छुट्टा छुट्टै ११ स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो 

महिलाहरुको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको संहका सदस्य अभिषेक केडियाले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.