Websoft University

‘गल्र्स अन ब्हील’ प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीे पथम


विराटनगर फागुन २८ गते  । रतो तारा डट  कम,अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ ।

विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पनन भएको  प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीले पथम भएका छन् । उनीहरुले लर्ड कम्पनीको एसि पाएका थिए । त्यस्तै  मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् ।  उनीहरुले पनि लर्ड कम्पनीको वासिङमेसिन पाएका छन् भने रिचा कनोडिया र डली अग्रवालको जोडी तस्रो स्थानमा चित्त बुझाएका छन् । उनीहरुको जोडीले पनि हैवल्स कम्पनीको मिब्सर ग्रीनडर पाएका छन् ।

विजेताहरुलाई राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष राहुल अग्रवाल विराटनगर प्राइम राउण्ड टेवल नेपालका पूर्व अध्यक्षहरु अमित सारडा र विनय अग्रवाल र विराटनगर प्राइम राउण्ड टेवल नेपालका अध्यक्ष राघव राठी , सम्योजक लोकेश अग्रवाल,सह–संयोजक निशान्तअग्रवाल र योगेश  राठीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा मा १ सय वटा स्कूटीमा २ सय सहभागि रहेका थिए । स्कूटी चलाउँने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागि भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको अध्यक्ष राठीले बताए ।

एक स्कूटीमा २ जना महिला सवार भएका थिए ।  विराटनगरमा छुट्टा छुट्टै ११ स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो ।

महिलाहरुको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको संहका सदस्य अभिषेक केडियाले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.