Websoft University

स्वतन्त्र विधार्थी युनियनको निर्वाचन हुन करिव एक साता वाँकी

 


दमक,फागुन ३० गते | स्वतन्त्र विधार्थी युनियनको निर्वाचन हुन करिव एक साता वाँकी रहदा अनेरास्ववियु,अखिल क्रान्तिकारी र राप्रवि संघले संयुक्त प्यानलको उम्मेद्धवार घोषण र प्रतिज्ञा पत्र सार्वजानिकगरेको छ । 

दमक बहुमुखी क्याम्पसमा तीन विधार्थी संगठनले आज एक कार्यक्रमको आयोजना गरी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि संयुक्त प्यानलको तर्फवाट निशेष राई (नितेश)अध्यक्षको उम्मेद्धवार रहेको प्यानलको घोषणसंगै प्रतिज्ञा पत्र सार्वजानिक गरेको हो ।  

नेकपा एमाले निकट अनेरास्ववियु,माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संघले दमक बहुमुखी क्याम्पस दमकमा एलायन्स गरेर उम्मेद्धवार उठाएका ह्ुन । कार्यक्रममा राप्रवि संघका दमक बहुमुखी क्याम्पस इकाईका नेता सुनिल धिमालले निशेष राईको नेतृत्वमा उठाएको उम्मेदवारहरु सार्वजानिक गर्नु भएको भयो । स्ववियुको अध्यक्षको उम्मेद्धवार निशेष, सचिवमा रविन ढकाल, कोषध्यक्षमा उमा राई रहेका छन् । 

यसै गरी कार्यसमिति सदस्यहरुमा राकेश खड्का, राजेश थापा, प्रविन जोगी (सोल्टा), सिसम नेपाल ,संजय राई, निषम अधिकारी,भीषमहाङ सम्वाहाम्फे (आर्शिष ) र अनिष राई उम्मेद्धवार रहेको नेता धिमालले सार्वजानिक गर्नु भयो ।

 कार्यक्रममा अखिल क्रान्तिकारीको क्याम्पस इकाई संयोजक लक्ष्मी नेपाल र स्ववियुको अध्यक्षको उम्मेद्धवार निशेषले दमक बहुमुखी क्याम्पसलाईत्रिभूवन विश्व विधालयअन्तर्गतको आङ्गिक (सरकारी)क्याम्पस बनाउन पहल गर्ने,शैक्षिक लगायतका मुद्धाको पक्षमा सधै सक्रिय रहने बताउनु भयो । 

संयुक्त प्यानलको शैक्षिक सुधार ,पुस्तकालय तथा प्रयोगशाला ,प्रशासनिक सुधार, खेलकुद तथा रचनात्मक क्रियाकलाप ,क्याम्पसमा अध्ययनरत गरिव तथा जेहन्दार विधार्थीलाई ३५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नु पर्ने लगायतका माग सहितको प्रतिज्ञा पत्र सार्वजानिक गरेको कार्यक्रममा सहभागी अनेरास्वियु कमल गाउँ कमिटी अध्यक्ष आर्दश सिग्देलले जानकारी दिनु भयो ।

 चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल विधार्थी संघ(नेविसंघ ) समाजवादी विधार्थी युनियन ,अनेरास्वियु छैठौं र अनेरास्ववियु क्रान्तिकारी लगायतका ५ विधार्थी संगठनले एलान्यस गरी शोभीव न्यौपाने नेतृत्वको उम्मेदवारहरु उठाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.