Websoft University

विराट गोल्डकप खेल्ने सवै टिम टुंगो लाग्यो - ९ गतेदेखि सुरुहुने विराट गोल्डकप कुन कुन क्लबले खेल्दै छन् ?


विराटनगर । शहीद  रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी सातवटै टिमको टुंगो लागेको छ । चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ । 

विराट गोल्डकपका लागि भारतबाट २ वटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए । भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने छन् । यसैगरी नेपालका ३ वटा विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसका साथै घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागीता जनाउने छ । विभागीय क्लबबाहेक ए डिभिजन खेलिरहेका संकटा क्लब र  जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छ । 

यस सिजन प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए ।  गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

यस सिजन विजेताले कम्तिमा २० लाख र उप विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलहरु रातिको  समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुने छ । अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।

माथिका ३ वटा सम्भावित हेडलाइनहरु हुन्, तपाईंहरुले यसमा आफू अनुकुलको हेडलाइन बनाएर पनि समाचार प्रकाशन तथा प्रशारण गर्न सक्नुहुन्छ । विगतको जस्तै यसपटक पनि तपाईंहरुबाट समाचार संप्रेशन हुनेछ भन्ने कुरामा हामी पूर्णरुपमा विश्वस्त छौं ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.