Websoft University

मिल्स गोल्डकप-उदयपुरको गाईघाट फुटबल क्लब सेमिफाइनलमा


विराटनगर । विराटनगरमा जारी तेस्रो  संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा गाईघाट फुटबल क्लब उदयपुर क्लब पुगेको छ ।

 मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा वीरगन्ज युनाईटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले निराशबनाउदै गाईघाटसेमिफाइनमा पुगेको हो ।

जितसँगै गाईघाट बिहीबार हुने दोस्रो सेमिफाइनलमा साविक बिजेता प्रतिभा फुटबल क्लब सिराहासँग प्रतिस्पर्धा गर्नेछ ।

 जितको लागि गाईघाटका देवीराज चौधरी, रोशन भुजेल, प्रविण राई र मनिषकटुवाललेगोल गरी टिमलाई सेमिफाइनलमा पु¥याउन सफल भए ।

वीरगन्जका शिसाद थापा र विश्वास थापाले मात्र गोल गरेका थिए । कृपा चौधरी र श्याम चौधरीको प्रहार गाईघाटका गोलकिपर निम छिरिङ्ग शेर्पाले  उत्कष्ट बचाउ गरिदिए । टाईब्रेकरमा दुई गोल सेभ गरिदिने गाईघाटका गोलकिपर शेर्पा म्यान अफ द म्याच घोषित भए ।

निर्धारित समयमा दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको थियो ।

 खेल अवधीभर एक दर्जन गोल गर्ने अवसर चुकाउँदा वीरगन्ज घर फर्किन बाध्यो । पहिलो हाफसम्म एक पक्षीय खेल पस्किएको वीरगन्जले खेल सुरू भएको १३ औं मिनेटमा बिवेक चौधरीले २५ यार्डदेखि गरेको सशक्त प्रहार पोसमा लागेर बाहिरियो । बिवेकले बारम्बार पाएको प्रहार बाहिरदा पहिलो हाफमा अग्रता पार्ने अवसर गुमाएको थियो । ४१ औं मिनेटमा गाइघाटका तिर्थ राईले डिबक्स भित्रबाट गरेको प्रहार बारिएको थियो ।

दोस्रो हाफदेखि गाइघाटले आक्रमक खेल पस्कियो । । दोस्रो हाफपछि वीरगन्ज अमर डंगोल र बिवेक चौधरीको प्रहार बाहिरिएपछि हार व्यवहर्न बाध्य भयो । ५० औं मिनेटमा बिवेक चौधरीले पेलान्टी एरियाबाट गरेको हेडिङ्ग बाहिरयो । ५५ औं मिनेटमा गाईघाटका देबराज चौधरीले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरदा जित हात पार्न टाईबेकर कुर्नुप¥यो ।  

बुधबारको पहिलो सेमिफाइनल खेल धुव्रतारा स्पोर्टिङ्ग क्लब झापा र सहलेस यूवा क्लब सिराहाबीच प्रतिस्पर्धा हुनेछ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.