बिराटनगर फागुन २१ गते | रातो तारा डट कम,बिराटनगर जेसीजले स्वर्ण जयन्ती जेसीज सप्ताह अन्तर्गतको दोश्रो कार्यक्रम "भबिस्य लेख्ने व्हाइट बोर्ड तथा शैक्षिक सामाग्री वितरण " बिराटनगर १४ स्थित बाल मा बि मा सम्पन्न गरेको छ ।
प्रदेश सभा सद्स्य माननीय अमृत अर्यालको प्रमुख आतिथ्य तथा पुर्व अध्यक्ष सुशील रिजालको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा बिधालयका लागि आवश्यक व्ह्वाइट बोर्ड तथा शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले विद्यालयका विद्यार्थीका लागि आवश्यक सामाग्री जेसीजले प्रदान गरेको मा आभार ब्यक्त गर्दै आफ्नो निर्वाचन क्षेत्र पनि रहेको र शिक्षाका बिकासका लागि आफूले गर्न पर्ने पहल आफुले गर्ने बताउनु भयो । विद्यालयहरु बाल मैत्री हुनुपर्ने मा उहाँको जोड थियो ।
स्वर्ण जयन्ती जेसीज सप्ताहका मुख्य कार्यक्रम संयोजक तुलसी निरौलाले जेसीज बिशुद्ध नेतृत्व र ब्यक्तित्व बिकास गर्ने संस्था रहेको भए पनि आवश्यकताका आधारमा समाजमा विभिन्न सेवा समेत गर्न तत्पर रहने गरेको र हाल सो विद्यालयमा व्हाइट बोर्ड को आवश्यकता महसुस गरिएकाले आफुहरुले उक्त सामाग्री उपलब्ध गराएको बताउनु भयो ।
अध्यक्ष अभिनास थापाले आगामी दिनमा शैक्षिक सामाग्री मात्र नभएर विद्यार्थीको ब्यक्तित्व बिकासका लागि आवश्यक अन्य विभिन्न तालिम तथा सिकाइका बिभिन्न पद्धतिहरु का लागि बिधालयले आवश्यक ठानेमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा स्वर्ण जयन्ती मुल आयोजक समितीका संयोजक गोपाल गुप्ता , पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणी , बोर्ड अफ ट्रस्ट अध्यक्ष टिकाराज ढकाल , पुर्व अध्यक्ष क्लब अध्यक्ष देबेश प्रदान , बिधालयका प्रधानाध्यापक बिरेन्द्र कुमार यादव लगायत पुर्व अध्यक्ष, बिराटनगर जेसीज बोर्ड तथा पदाधिकारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन सन्देश कोइरालाले गरेका थिए ।
Post a Comment