Websoft University

विदेश जानुपर्ने विद्यार्थीलाई अन्त्य गर्दै काठ्माडौं वल्र्ड स्कुल, एजुकेसनल टुर पूर्वमा सम्पन्न


विराटनगर । काठमाडौं वल्र्ड स्कुलले मोरङको विराटनगरमा शैक्ष्ँिक अन्तरक्रियाको आयोजना गरिएको छ । आइतबार स्कुलका चियरमेन इ.डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । वल्र्ड स्कुलको नेपाल टुर अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो ।

प्रिन्सिपल केशर बहादुर खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताए । अविभावकले आफ्ना छोराछोरीले सम्पूर्ण कुरा दिईरहेकोमा समय दिन नसकीरहेको बताए । गूणस्तरिय शिक्षाका लागि समय महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै अविभावकले छोराछोरीका लागि समयको व्यवस्थापना गर्न जरुरी रहेको बताए ।

शिक्षालाई उच्चस्तरिय बनाउनका लागि श्रोतसाधनको आवस्यक्ता रहेको उल्लख गर्दै उनले शिक्षकलाई समेत गूणस्तरिय शिक्षा प्रदान गर्न विज्ञताको आवस्यक्ता रहेको बताए । कार्यक्रममा सहभागीले वल्र्ड स्कुलले नेपालका विद्यार्थी वाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्ने उदेश्यले स्थापित स्कुलले आफ्नो उदेश्य पुरा गर्ने बताए ।

सहभागीले स्कुल जांदा बोकाइने पुस्तकको भारीलाई कसरी मुक्त गराई विद्यार्थीलाई त्यसबाट हुने असरका बारेमा मुक्त गराउने कुराको जिज्ञासा राखेका थिए । विकशित मुलुकमा शैक्षिक श्रोत साधन नै फरक रहेको उल्लेख गर्दै त्यस प्रकारको श्रोत साधन काठमाण्डौं वल्र्ड स्कुलमा रहेको बताइएको छ ।

कार्यक्रममा बोल्दै स्कुलका चियरमेन इ.डा.झाले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको बताए । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको झाको भनाई छ ।

व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार झापाको बिर्तामोड तथा शनिबार सुनसरीको धरानमा एजुकेस्नल टुर गरिसकेको छ । स्कुलले देशभरका प्रमुख सहरहरुमा कार्यक्रमको आयोजना गरिने स्कुल प्रशासनले जनाएको छ । सिजि होल्डिङको सहकार्यमा आयोजित कार्यक्रमको सहजिकरण ड्रिम हाई नेपालले गरेको छ । धरान र विराटनगरमा आयोजित कार्यक्रमको मिडिया पार्टनरका रुपमा फलैंचान्यूज डटकम रहेको छ । संचारकर्मी सिमा बस्नेतले कार्यक्रको संचालकको रुपमा भूमिका निर्वाह गरेकी थिइन् ।

वर्ल्ड स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिदै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.