Websoft University

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ ।


बिराटनगर | जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं। ९ स्थितमा ऐ।ऐ। बस्ने हेम नारायण श्रेष्ठ र ऐ ऐ बस्ने डम्बर राईले आ९आफ्नो घरमा पार्किङ गरी राखेको अवस्थामा हेम नारायण श्रेष्ठको नाममा रहेको को २५ प ५३४० नं। को २२० र  डम्बर राईको नाममा रहेको को २० प १९४३ नं। को बजाज कम्पनीको पल्सर २२० मोटरसाईकल चोरी भएको घटना सम्बन्धमा यस कार्यालयमा पर्न आएको हुलिया निवेदनको आधारमा खोज तलास गर्ने क्रममा मिति २०७९।११।२१ गते दिनको अं।१६स०० बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं।२ सिमसार स्थित रहेको मानिस बसोबास नगर्ने पुरानो टहरा अगाडीको आँगनमा २ वटा मोटरसाईकल राखी मोटरसाईकलका पार्टसहरु खोल्दै गरेको अवस्थामा इ।प्र।का। पथरीबाट खटिईएको टोलीले को २५ प ५३४० र  को २० प १९४३ नं। को बजाज कम्पनीको २२० पल्सर मोटरसाईकल सहित जिल्ला मोरङ साविक राजघाट गा।बि।स। वडा नं। ७ हाल परिवर्तित उर्लाबारी नगरपालिका वडा न ९ बस्ने बर्ष २७ को प्रदिप योञ्जन र जिल्ला सिन्धुली साविक मझुवा गाबिस वडा न ४ घर भई हाल परिवर्तित सुनकोशी गापा वडा न ७ बस्ने बर्ष २५ को सरोज मगर समेतलाई फेलापारी तत्काल नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरुले सुनसरी जिल्लाको ईटहरीबाट मोटरसाईकलहरु चोरी गरी ल्याएको भनी बताएकोले निजहरुको साथबाट फेला परेको २ थान मोटरसाईकल, निजहरुले मोटरसाईकल चोरी गर्न प्रयोग गर्ने औजारहरु सहित बरामद गरी चोरीमा संलग्न रहेका प्रदिप योञ्जन र सरोज मगरलाई आजै सम्मानित सुनसरी जिल्ला अदालत बाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको  छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.