Websoft University

महानगरद्वारा होली मिलन कार्यक्रम आयोजना


विराटनगर फागुन २२ गते | रातो तारा डट कम, फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर परिषद् सदस्यसहित विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखका साथै कर्मचारीहरुलाई अविर लगाएर शुभकामना दिएका थिए ।

 कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले होली पर्वले एकआपसको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई होलीले सुमधुर बनाउने बताए । “हामी सबैले देशको सेवा गर्ने हो,” मेयर कोइरालाले भने, “जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध अझै प्रगाढ बनाओस् भन्ने शुभकामना दिन्छु ।”

उनले आफूभित्रका नराम्रा सबै प्रवृत्तिलाई त्यागेर सकारात्मक सोच र विचारका लागि जनताको सेवामा समर्पित हुन आग्रह गरे । कार्यक्रममा उपमेयर कार्कीले असत्यमाथि सत्यको जितका रुपमा मनाइने रंगहरुको पर्व होलीले महानगरभित्र भएका गलत क्रियाकलापलाई हटाएर विराटनगर बनाउने संकल्पका साथ अगाडि बढ्न प्रेरणा मिल्ने बताइन् । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरुसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरुले एकआपसमा अविर लगाएर खुसीयाली साटासाट गरेका थिए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.