Websoft University

विराट गोल्डकप - आर्मीलाई सडनडेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा


विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश     गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

सडनडेथमा जाउलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङ्गले गोल गरेका थिए ।

आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ्ग आङदङबेको प्रहार बाहिरिदा दोस्रो खेलबाट आर्मी घर फर्किन बाध्य भयो ।

जितसँगै जाउलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ ।

आर्मी र जाउलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । आर्मीले गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा उ पहिलो खेलबाटै घर फर्कन बाध्य भयो ।

आर्मीले दशौं मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका आशिष शाक्यको प्रहार बाहिरयो । आर्मीका कप्तान जिलेस्पी जंग कार्कीले २३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार जाउलाखेलका गोलकिपर अनिष देउलाले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यसलगतै भरत चौधरीले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन । ३६ औं मिनेटमा आर्मीका सुलिद राईले डिफेन्डरलाई क्रस गरेर निकालेको बल सुशासन्त चौधरीले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत गर्न चुेक ।

जाउलाखेलका विदेशी खेलाडी मसोवीको पनि ३९ औं मिनेटमा गोल गर्न चुकेका थिए । राहुलले ४४ औं मिनेटमा निकालिदिएको वान भर्सेस वानको प्रहार मसोवीले गोल गने अवसर गुमाएका थिए । त्यसलगतै उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै   बाहिरियो ।

बलको कर्नर प्रहारमा सुशान्त चौधरीको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो । ५२ औं मिनेटमा कप्तान जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले अग्रता लिन सकेन ।

६० औं मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाएका सेसेहाङ्ग आङ्देङबकोे प्रहार दायाँ बार हुँदै बाहिरिँदा आर्मीले गोल गर्नबाट  चुक्यो ।

६५ औं मिनेटमा वान भर्सेस वानमा जावलाखेलका सीमन्त थापाको डिबक्स भित्रको कडा प्रहार आर्मीका  गोलरक्षक विकेश कुथुले बचाएका थिए । लगत्तै विदेशी खेलाडी आयोवको प्रहार पनि गोलरक्षक कुथुले विफल पारे ।

७३ औ मिनेटमा आर्मिका सुदिप राईले पेनाल्टी एरियामा निकालिदिएको बल कप्तान जिलेस्पीको प्रहार पोसमाथिबाट बाहिरिदा गोल गर्ने अवसर खेर गयो । ८३ औं मिनेटमा युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । ८६ औं मिनेटमा जावलाखेलका कप्तान सिमान्त थापाले मध्यभागबाट बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आर्मीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । अतिरिक्त समयको १५ औं मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिक कप्तान जिलेस्पीले पेनाल्टी एरियाबाट बललाइ नियन्त्रणमा लिएर गरेको प्रहार पोसमाथिबाट बाहिरियो ।

 शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ ।

खेलको म्यान अफ द म्याच जाउलाखेलका सीमान्त थापा घोषित भए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.