Websoft University

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्था दमकले आज १४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनायो

 


दमक, चैत ११ गते | स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्था दमकले आज १४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

 स्वर्णलक्ष्मीले आफनो प्रधान कार्यालय रहेको दमक ६ स्थित कार्यालयमा आयोजित कार्यक्रममा सदस्य सम्मान,पुरस्कृत र सहयोग प्रदान लगायतका कार्यक्रम कार्यक्रम गरेको हो । संस्थाले १३ वर्ष पुरा गरी १४औ वर्षमा प्रवेश गरेको अवसरमा स्वर्णलक्ष्मीले उत्कृष्ट बाल बचतकर्ता ,उत्कृष्ट बचतकर्ता हाम्रो वाल आश्रम,नेपाल रेडक्रस सोसाइटी दमक र डाइनामिक पब्लिक लाइव्रेरीलाई सहयोग गरेको छ ।


 संस्थाका अध्यक्ष बुद्धिसागर वरालको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो बाल आश्रममा रहेका अभिभावक विहिन १७ वाल वालिकालाई स्कुले ब्याग कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारीले हस्तान्तरण गर्नु भयो । रेडक्रस सोसाइटी उपशाखा दमकलाई रगत संकलन गर्न आवश्यक पर्ने २ थान कुर्सी, दमक ९को बहुुमुखी टोल बिकास संस्थालाई २५ थान गमला प्रदान गरेको ब्यवस्थापक कमल घिमिरेले जानकारी दिनु भयो । सोही कार्यक्रममा संस्थाले डायनामिक पब्लिक लाइव्रेरी दमकलाई २० हजार को चेक हस्तान्तरण गरेको छ । 

कार्यक्रममा उत्कृष्ट वाल बचत तर्फ श्रवण कुमार शाह,नविना ओझा र आशिका लिम्वूलाई प्रमाण पत्र सहितले पुरस्कृत गरेको छ । यसै गरी उत्कृष्ट बचत कर्ताहरु गंगादेवी ढकाल, आयुषा मगर ,सरस्वती दुलाल ,रेखा विश्वकर्मा ,अजय शाह ,विष्णु शाह तेली, कल्पना दाहाल ,प्रेम कुमारी न्यौपाने लगायतलाई पुरस्कृत गरेको छ । 

कार्यक्रममा स्वणलक्ष्मी साकोसको अवस्था सम्वन्धिको प्रतिवेदन प्रोजेक्टर मार्फत शेयर सदस्यहरुलाई जानकारी दिनु भएको थियो । प्रमुख अतिथि नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारीले वित्तीय सुचकलाई हेलचेकाई गरे सहकारी संस्था संकटमा आउने बताउनु भएको छ ।

 सहकारी संस्थालाई संकटवाट जोगाउन शेयर सदस्यहरुले कारोवारको अवस्था हेर्ने र सञ्चालक कर्मचारीलाई खबरदारी गर्ने,संस्थाका विविध विषयमा जिज्ञासा राख्नु पर्ने अधिकारीको भनाई रहेको छ । केही सहकारीमा आएको समस्यालाई सामधान गर्न नेफ्स्कुन लगायतका संस्थाले पहल गरी रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघ झापाको लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणी ओझा,डाँफे सामुदायिक सहकारी संस्थाको उपाध्यक्ष सन्तोष श्रेष्ठ र स्वर्णलक्ष्मीको सचिव संजिप रिमाल लगायतले सहकारीको विषयमा हल्लाको भर नलाग्न सत्य कुरा संस्थामा आएर बुझन आग्रह गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.