Websoft University

विराट गोल्डकप-विराटनगर सिटी सेमिफाइनलमा


विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ ।

सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको हो ।

जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयकोे १ सय १७ औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरे । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । खेलको १ सय ३ मिेनटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टिमको जितका लागि निर्णायक गोल गरेका हुन् ।

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो  ।

पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो ।

खेलको पाँचौ मिनेटमा पुलिसका बुद्ध लामाको प्रहार विराटनगरका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाए । १८ औं पुलिसका रवि शंकर पासवानको प्रहार बारमा लागेर फर्किएको थियो । २४ औै मिनेटमा विराटनगरका अभिषेक गुरूङको प्रहार पुलिसका गोलरक्षक संजीव श्रेष्ठले उत्कृष्ट बचाए ।

 

२८ मिनटेमा पुलिसका ओसेन्द्र कटुवालले ३० यार्डदेखिको प्रहार बाहिरयो । ४१ औं मिनेटमा पुलिसका रवि शंंकर पासवानले पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरदा गोल हुनबाट चुक्यो ।

दोस्रो हाफपछि विराटनगरले केही सुन्दर मुभहरु बनाउन सफल रहयो । ५५ औं मिनेटमा अभिषेक गुरुङको प्रहार बाहिरियो । ८३ औ मिनेटमा पुलिसमा भरत साहले पेलान्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुके । ८४ औं मिनेटमा विराटनगरका युता सुजिकीले ३० यार्डदेखिको प्रहार पोसमाथिबाट बाहिरियो । ८८ औं मिनेटमा पुलिसका रविशंकर पासवानको सशक्त प्रहार बाहिरयो । ९० औं मिनेटमा विराटनगरका सन्देश बिकले डिबक्स भित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो ।

सय मिनेटमा विराटनगरका अबिशेष गुरूङले ३० यार्डदेखीको प्रहार फितलो भएको थियो ।

१०५ मिनेटमा पुलिसका भरत साहको  वान भर्सेस वानको अवसर सदुपयोग गर्न सकेनन् । लगतै पुलिका रविशंकरले डिफेन्डरलाई बिट मार्दै निकालिदिएको क्रस पासलाई भरत साहले अघि बढाएको बल सदुपयोग गर्न सकेनन् । ११३ औं मिनेटमा विराटनगरका अभिशेष गुरूङले निकालेको पास पेलान्टी एरियाबाट दिवसकर चौधरीले गरेको हेडिङ्ग पुलिसका गोलरक्षक सन्जित श्रेष्ठले बिफल पारिदिए ।

प्रतियोगिताको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पाए ।

शुक्रबार नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच  हुनेछ ।  चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

गोल्डकपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले  गरे । उनले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार लागि पर्ने बताए । उनले खेलकुदको विकासमा प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.