Websoft University

खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न मेयर कोइरालाको पहल


विराटनगर फागुन १९ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गरेका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन् । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थमन्त्रालयका सचिव गत वर्ष फागुनमै हस्ताक्षर गरेका थिए । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै मेयर कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षणसमेत गरका थिए । जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड अनुदान सहयोग उपलब्ध गराउनेछ ।

उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनर्निर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ । सो अवसरमा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गराए । उनले जाइका निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा देखिँदै आएको खानेपानी समस्या समाधान हुने दाबी गरे । भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा समेत छलफल भएको महानगरका अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताए ।

यसैबीच, मेयर कोइरालाले शुक्रबार नै यूएसआईडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसित भेटघाट गरेका छन् । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाई, पार्किङ, फुटपाथ नियन्त्रणलगायत सामान्य कुराबाटै सुधारको सुरुवात गरेको बताएका थिए ।

 मेयर कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकारहरु प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको सुनाए । कोइरालाले समावेशी शिक्षा, स्वास्थ्यका विषयमा पनि मेयर कोइरालाले सेपिदाहसित खुलेर कुरा गरेका थिए । उनले विराटनगर भ्रमणको निम्तोसमेत दिए । सो अवसरमा सेपिदाहले आफू विराटनगर आउन इच्छुक रहेको बताएकी थिइन् । छिट्टै विराटनगर आएर स्थानीय वस्तुस्थिति बुझ्ने प्रतिबद्धता जनाइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.