Websoft University

फेवातालमा डुङ्गा दुर्घटना हुँदाएक वृद्धाको मृत्यु

 


पोखरा | रातो तारा डट कम,मौसम बदलीसंगै आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा दुर्घटना हुँदाएक वृद्धाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ बगरकी ७० वर्षिया याम माया गिरीको मृत्यु भएकोहो । 

फेवाताल तालबाराही मन्दिर पछाडी अचानक डुङ्गा पल्टिएपछि उनी वेहोस भएकीथिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल लगिएपनि चिकित्सकले मृत घोषणा गरेकोजिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

 विशेषगरी फागुन, चैत र बैशाखको महिनामा चालक विना डुङ्गा लैजान पाइदैन् । तर चिन्जानको आधारमा डुङ्गा दिदाँ दुर्घटना भएको हो । अर्को कारण भनेको दुर्घटना अघि सूचना नदिनु पनि हो । फेवातालमा मौसम प्रतिकुल भई हुने दुर्घटना न्युनिकरण गर्नका लागि रेस्क्यु टावरमा साइरन राखिएको थियो । 

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरिले साइरन बिग्रीएको बताए ।साइरन बिग्रीदा अहिले तालमा डुङ्गा लिएर घुम्न जानेहरुले जोखिमको थाहै पाउदैनन् । पोखरामा सराङकोट तिर बाट आएको हावा धेरै असुरक्षीत
तरिकाबाट आउने गरेको बताएका छन |


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.