Websoft University

महिला दिवसमा प्रभात फेरी


धनकुटा । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनकुटामा प्रभातफेरी गरिएको छ । धनकुटा नगरपालिकाको आयोजनामा धनकुटा बजारमा प्रभात फेरी गरिएको हो ।

 अन्तर पार्टी महिला सञ्जाल, हुसाडेक नेपाल, हाम्रो बहुमुखी पाठशाला, महिला पुनस्थापना सेवा केन्द्र, पारालिगल समिति र वेस्ट नेपालसँग सहकार्य गरेर नगरपालिकाले प्रभातफेरी आयोजना गरेको हो । मदनचोकमा भेला भएर सुरु भएको प्रभातफेरी नगरपालिकाको कार्यालयमा पुगेर टुंगिएको थियो । ब्यानर, प्लेकार्डसहित महिलाहरु प्रभातफेरीमा सहभागि थिए ।

‘घर र समाजको ऐक्यवद्धता लैङ्गिक हिंसाविरुद्ध शुन्य सहनशीलता, घरबाटै सुरु गरौं महिला हिंसा विरुद्धको अभियान, हाम्रो आवाजः हिंसारहित समाज, महिला सुरक्षा सम्मान र रोजगारी समृद्ध नेपालको आधार’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर महिलाहरुले प्रभातफेरी गरेका हुन् ।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहूँचको विस्तार’ नारासहित बिभिन्न कार्यक्रम गरेर नारी दिवस मनाइएको छ । दिवसकै अवसरमा धनकुटा नगरपालिकाले खुल्ला कविता प्रतियोगिता पनि आयोजना गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.