Websoft University

लगातार दुई खेलमा विजयी हुँदै मोरङ र सिरहा इक्युवालिटि कपको फाइनलमा प्रवेश


विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको बिहिबारको दोस्रो दिनको खेलमा विजयी हुँदै मोरङ र सिरहा

फाइनलमा प्रवेश गरेको छ ।

 नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको पहिलो खेलमा

 कोशी प्रदेशको मोरङले मेदेश प्रदेशको सप्तरीलाई ५४ रन अन्तरले पराजित गरि लगातार २ खेल जित्दै फाइनलको यात्रा तय गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रनको स्कोर बनाएको थियो । मोरङकी सोनु राजवंशीले ४२ रन बनाउँदा टिका साहले २० रनको योगदान दिइन् । सप्तरीकी दिपिका सिंंहले ३ विकेट लिँदा सुस्मीता यादवले २ विकेट लिइन् ।

 १ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १७ दशमलव ४ बलमा ६४ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् । मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा टिका साह, बन्दना राजवंशी र सृजना राजवंशी २–२ विकेट लिइन् ।  खेलको वुमेन अफ द म्याच मोरङकी अलराउण्डर खेलाडि टिका साह घोषित भइन् ।

 दोस्रो खेलमा सिरहाले  एमसिसि–११ लाई ६ विकेटले पराजित गरि लगातार २ खेलमा विजयी हात पार्दै फाइनलको यात्रा तय गरेको छ ।

 टस जितेर पहिलो ब्याटिङ गरेको एमसिसि–११ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९ रनको स्कोर बनाएको थियो । एमसिसिकी चान्दनी यादवले २१ रन बनाउँदा मनिषा मल्लिकले १६ रन र रश्मी साहले नटआउट १४ रन बनाइन् ।

 सिरहाकी अर्चना महतोले २ विकेट लिँदा चन्द्रीका साहले पनि २ विकेट लिइन् ।

 १ सय १० रनको लक्ष्य पछ्याएको सिरहाले  १५ दशमलव ३ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सिरहाकी वुमा अफ म्याच अर्चना महतोले ३२ रन बनाउँदा प्रसिद्धिका खडकाले नटआउट १९ रन बनाइन् । एपसिसिकी रचना चौधरीले २ विकेट लिइन् ।

 मोरङले २ खेलमा विजयी हुँदै शिर्ष स्थानमा रहेको छ भने सिरहा पनि २ खेलमा जित हात पादैृ दोस्रो स्थानमा रहेको छ । सप्तरी र एमसिसि–११ ले २ खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

 शुक्रबार लिगको अन्तिम दिन पहिलो खेल मोरङ र सिरहा तथा दोस्रो खेल सप्तरी र एमसिसि–११ विच हुने छ ।

 फाल्गुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।

 लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलमा पुग्ने छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.