Websoft University

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ


बिराटनगर, फाल्गुन ५ गते । उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका(४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी ३ का

कुमार सुनुवारलाई नाईट्राभेट २६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका १२ स्थितमा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका(४ का २७ बर्षीय अजय राईलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्यावलेट र नाईट्रोसन १० ट्यावलेट फेला परेकोले पक्राउ गरिएको छ । प्रतिबन्धित औषधी सहित पक्राउ  परेका उनिहरुको सम्वन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.