Websoft University

सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण घोषणा,जापानमा नोमिनेशन अमेरिकामा अवार्ड हुने


काठमाडौँ। रातो तारा डट कम, सूर्य कर्पोरेशनले सन् २०१८ देखि शुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०१८ र २०१९ मा लगातर दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार दुबईमा जारी नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा घोषणा गरिएको छ ।

कोरोनाका कारण लगातार दुई वटा संस्करण हुन नसकेको अवार्डको नोमिनेशन कार्यक्रम जापानमा गर्ने बताइएको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सुर्य कर्पोरेशनका सिईओ बासुदेव लामिछने, अभिनेता शिव श्रेष्ठ, सन्दीप क्षेत्री, प्रशान्त ताम्राकारलागयतले अवार्डको बारेमा अनुभव सेयर गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

आयोजक सस्थाका अध्यक्ष बासुदेव लामिछनेले नेपाली फिल्मलाई डायस्पोरामा प्रवर्द्वन गर्नेले उदेश्यले निरन्तर अवार्डसहित अन्य कार्यक्रमहरु गर्दै आएको बातए । झन्डै ६ दर्जन कलाकारहरुसहित जापनमा नोमिनेशन कार्यक्रमको तयारी शुरु हुनेपनिलामिछनेले बताए ।

फिल्म तर्फ अभिनेता, अभिनेत्री, सहायक अभिनेता, सहायक अभिनेत्री, निर्देशक र फिल्म गरी ६ वटा विधा अवार्डमा समाबेश छ । यस्तै संगीत तर्फ पप, आधुनिक र लोक गीतका गायक र गायिका गरी ६ वटा विधा समाबेश छ ।

अवार्ड समारोहमा लाईफ टाईम एचिभमेन्ट अवार्ड, बर्ष कलाकारिता सम्मान र चलचित्र पत्रकारीता पुरस्कार पनि बितरण गरिनेछ ।

यसै बर्षदेखि अवार्डमा संगीतकार, नव अभिनेता, अभिनेत्रीको अवार्ड पनि थपिएको छ । यस्तै फिल्मको संगीत तर्फ गायक र गायिका पनि थपिएको छ । विभिन्न क्षेत्रमा आफ्नो योगदान दिदै आएका ब्यक्तिहरुको सम्मानका लागि अनर अवार्ड पनि थपिएको छ । तेस्रो संस्करणदेखि अवार्डमा २० विधा रहने आयोजक संस्था सूर्य कर्पोरेशनले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.