Websoft University

आसरा सुधार केन्द्र पानवारी धरानको निरीक्षण भ्रमण


बिराटनगर, २०७९ फागुन १० गते । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आसरा सुधार केन्द्र पानवारी धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले आसरा सुधार केन्द्रको भौतिक संरचना, मेश, बिद्यार्थीहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गर्नु भयो । निरीक्षणको क्रममा वहाँले बिद्यार्थीहरुलाई लागुऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नु पर्छ भन्ने किसिमको उत्प्रेरणात्मक सन्देश दिनुहुँदै केन्द्रमा भर्ना भएका बिद्यार्थीहरुलाई सौहार्दपुर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको हुँदा उच्च स्तरीय उपचार पद्धति द्दारा उपचार गर्न परामर्स दाताहरुलाई अनुरोध गर्नु भयो । यसका साथै ‍वहाँले आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भै सुधार केन्द्रमा कार्यरत रहन समेत निर्देशन दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.