Websoft University

उदयपुर कारागार वाट चार जना कैदी आज रिहा


गाईघाट ७ फागुन ७३ औ प्रजातन्त्र दिवशको अवसरमा उदयपुर कारागार वाट चार जना कैदी रिहा भएका छन् । मंन्त्री परिषदको सिफारिसमा राष्ट्रपति वाट वहुविवाहका तीन र सवारी ज्यान मुद्धामा कैद भुक्तुान गरीरहेका ४ जना आइतवार रिहा भएका हुन् । 

रिहा हुनेहरुमा सवारी ज्यान मुद्धामा त्रियुगा नगरपालिका ८ का २९ वर्षिय विशाल खड्का, वहुविवाह मुद्धाका कटारी नगरपालिका ८ का ३५ वर्षिय वुद्धविर दनुवार , वडा न. ७ का २६ वर्षिय सगुर दनुवार र चौदण्डीगढी नगरपालिका ९ का ४० वर्षिया कुस्मदेवी  चौधरी रहेका छन् । 

चारै जना कैदी वन्दीले ५० प्रतिशत वढी कैद भुक्तान गरीसकेको र कारागारमा वस्दा चालचलन राम्रो देखिएकोले वाकी कैद माफी हुने गरी सिफारीस गरे  अनुरुप उनीहरु रिहा भएको जेलर डिगम कार्किले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.