Websoft University

केपी ओली रोडरेस प्रतियोगिताको उपाधिमा नेपाली सेना र शसस्त्रको कब्जा


विराटनगर फागुन ७ गते । विराटनगरमा सम्पन्न केपी ओली खुला दौड (रोडरेस)प्रतियोगिताको उपाधी सशस्त्र र नेपाली शेनाले जितेको छ।   महिला र पुरुष गरि फरक फरक विधामा भएको प्रतियोगिताको पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले जितेको हो । पुरुष तर्फ भएको खुला दौडमा नेपाली सेनाका मुकेश नेपाली प्रथम भए  । 

उनले १४ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गरे । त्यस्तै नेपाली सेनाका श्रीकाश द्धितीय हुँदै १४  मिनेट २६ सकेण्डमा दुरी पुरा गरे भनेँ नेपाली सेनाकै टंक कार्की तेश्रो भए उनले १४ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गरेका थिए । नागेश्वर अहिर र मिनल कार्की क्रमश चौथो र पाँचौँ भएका छन् । 

नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनको अबसरमा आयोजित केपीओली रोडरेस प्रतियोगिताको महिला तर्फको दौडमा सशस्त्र प्रहरीकी फुलमती रानाले १८ मिनेट ११ सकेकेण्डमा निर्वारित दुरी पुरा गरिन्  ।

नेपाल प्रहरीकी राममायाँ बुढा १८ मिनेट १६ सेकेण्डमा दुरी पुरा गर्दै दोश्रो हुँदा सशस्त्र प्रहरीकी सिमा चौधरीले तेश्रो हुँदै निर्धारित दुरी पुरा गर्न १८ मिनेट २७ सकेकेण्ड लगाउनु प¥यो ।  नेपाल प्रहरीकी सुमित्रा चौधरी र भोजपुुरकी छेन्नीमायाँ राई चौथो र पाँचौँ भएका छन् । 

उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।  पुरस्कृत हुने प्रतियोगिहरु प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ हेुनेले महिला पुरुण दुबै समुहका बिजेतालाई क्रमश ५१ हजार, ३१ हजार,  १५ हजार, ८ हजार ५ हजार नगद प्रदान गरिएको केपी ओलीे खुला दौड ९रोडरेस० प्रतियोगिताका संयोजक अनिरुद्र चौधरीले जानकारी दिए ।  प्रतियोगिता ५ किलोमिटर दुरी तय गरिएको थियो । 

विराटनगरस्थित सहिद रंगशालाबाट शुरु भएको खुला दौड पानीट्यांकी, तीनपैनी, बरगाछी, शनिमन्दिर, जलजला मोड, अस्पताल चोक हुँदै पुन रंगशालामा पुगेर सम्पन्न भएको थियो । दौडमा महिला तर्फ  १७५ जना र पुरुष तर्फ ४२५ जना प्रतियोगी सहभागी थिए । 

प्रतियोगितामा सहभागी हुनको लागि नेकपा एमालेका नेताहरु गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, जीवन घिमिरे, ऋषिकेश पोखरेल तथा खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत लगायत सहभागी थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.