Websoft University

सीएनआई कोसी एक्स्पोः-साँझ ६ बजेसम्म १०० रुपैयाँमै पाइन्छ टिकट


विराटनगर माघ २१ गते । रातो तारा डट कम,विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ । हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको जनाइएको छ ।

९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैयाँ कायम गरिएको जनाइएको छ । ९ कक्षा माथिका विद्यार्थी र अरु अवलोकनकर्ताहरुका लागि साँझ साढे ६ बजेपछि भने टिकट दर २०० रुपैयाँ नै रहने छ ।

एक्स्पोमा हरेक अवलोकनकर्ताहरुको सहज उपस्थितिका लागि टिकट दर र टिकट काट्ने समयलाई अझ व्यवस्थित गरिएको सीएनआई कोसी एक्स्पोका मिडिया संयोजक दिवश सुवेदीले जानकारी दिए । साथै टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको जनाइएको छ ।

विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा जारी सीएनआई कोसी एक्स्पो २०७९ को तेस्रो दिन शनिबार साँझ रक संगीतकी हस्ती अभया सुब्बा र उनको द स्टिम इन्जिन ब्याण्डको प्रस्तुति रहेको छ । त्यसका साथै डिल्ली फोम्बो एण्ड द ब्याण्डले पनि प्रस्तुति दिंदैछन् ।

आइतबारका लागि क्लासएक्स ब्याण्डका चर्चित ¥यापर डोङको प्रस्तुति रहेको छ । त्यस्तै स्थानीय संस्कृति ब्याण्डले विभिन्न गीत संगीतको प्रस्तुति दिने जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.