Websoft University

सीएनआई कोसी एक्स्पोमा आइतबार ¥यापर ‘दोङ’ को धमाका


विराटनगर । क्लासएक्स ब्याण्डका चर्चित ¥यापर दोङले आइतबार विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिंदैछन् । ‘दश टाउके रावण’ दोङको चर्चित हिपहप गीत हो ।

हिपहप म्यूजिकमा दोङ भने नेपालका निकै नाम कमाएका र महंगा ¥यापर हुन् । देश विदेशमा उनको हाई डिमाण्ड रहेको छ । दोङ यस कारणपनि चर्चित हुन् कि उनले एउटै ‘शो’ का लागि अर्का ¥यापर भिटेनभन्दा धेरै पारिश्रमिक पाइसकेका छन् ।

¥याप र हिपहप म्यूजिक युवा पुस्ताका लागि लोकप्रिय रहेको छ । नेपालमा पछिल्लो समयमा ¥याप र हिपहपका नयाँ नयाँ प्रतिभाहरु पनि आइरहेका छन् । दुवै संगीतलाई अघि बढ्न भने डिजिटल प्लेटफर्म मुख्य सहयोगी बनेको छ ।

दोङले गाएका दश टाउके रावण सँगै ‘सक्दिन, लुकि राख, सपना पुरा, फरक छैन’ लगायतका ¥याप गीत पनि चर्चित रहेका छन् । आइतबार साँझ नै स्थानीय ‘संस्कृति ब्याण्ड’ ले समेत सांगीतिक माहौल तताउने छन् ।

यसैबीच एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ । हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा आइतबारदेखि त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । यो अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको जनाइएको छ ।

९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैयाँ कायम गरिएको जनाइएको छ । ९ कक्षा माथिका विद्यार्थी र अरु अवलोकनकर्ताहरुका लागि साँझ साढे ६ बजेपछि भने टिकट दर २०० रुपैयाँ नै रहने छ ।

टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको जनाइएको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा सीएनआई कोसी एक्स्पो २०७९ जारी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.