Websoft University

प्रतिबिन्धित लागुऔषध सहित पक्राउ


बिराटनगर, फाल्गुन १ गते । मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो बिराटनगर महानगरपालिका(१५ स्थितमा लागु औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका इटहरी उपमहानगरपालिका(३ सुनसरीका ३३ बर्षीय दिपेश राईलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट ४ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो भने झापाको मेचीनगर नगरपालिका(६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर(६ का ३३ बर्षीय शिव श्रेष्ठ र ३३ बर्षीय बिजय तिवारीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.